Pura Samachar

आज देखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने

प्रकाशित: January 16, 2022
पूरा समाचार

आज देखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज देखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।

२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

प्रतिक्रिया