
काठमाडौं । काइलियन एमबाप्पेले फ्रेन्च लिग वानमा जारी सिजन दशौं गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति ब्रेष्टलाई २–० ले हराएको छ ।
जितसँगै पीएसजीले लिगमा दोस्रो स्थानको निसलाई ११ अंकले पछाडि छाडेको छ । पीएसजीले २१ खेलबाट ५० अंक जोडेको छ भने निसले समान खेलबाट ३९ अंक जोडेको छ । पराजित ब्रेष्ट भने २५ अंक जोडेर १३औं स्थानमा छ ।
पीएसजीले घरेलु मैदानमा एमबाप्पेको गोलबाट ३२औं मिनेटमा अग्रता लिएको थियो । लियोनल मेसी र नेइमार उपलब्ध नभएको खेलमा पीएसजीले ५२औं मिनेटमा थिलो केहररको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।
t
मेसी कोभिड–१९ संक्रमित भएका थिए । मेसी अहिले संक्रमणमुक्त भइसके पनि पूर्ण फिट हुन सकेका छैनन् । नेइमार भने चोटका कारण उपलब्ध छैनन् ।
प्रतिक्रिया