Pura Samachar

नेपालले पठाएको मानवीय सहायता सामग्री काबुलमा हस्तान्तरण

प्रकाशित: January 16, 2022
पूरा समाचार

नेपालले पठाएको मानवीय सहायता सामग्री काबुलमा हस्तान्तरण

एजेन्सी, २ माघ। नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन्।

हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर टोली आज बिहान काबुल प्रस्थान गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।-

प्रतिक्रिया