
काठमाडौं । नेपामा पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको १२ हजार ५६२ पीसीआर र २ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको जनाएको हाे।
साेही अवधीमा तीन संक्रमितकाे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
याेसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतवार जानकारी दिएको छ।
प्रतिक्रिया