Pura Samachar

काठमाडौँमा आज बाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने

प्रकाशित: January 17, 2022
पूरा समाचार

काठमाडौँमा आज बाट  मात्रै बुस्टर डोज लगाउन सुरु हुने

काठमाडौँबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरे पनि केही प्राविधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । हामीले खोप कहाँ/कहाँ कति मात्रा पठाउने लगायतका विभिन्न प्राविधिक विषयमा अन्तिम तयारी गरिरहेका छौँ । भोलिबाट बुस्टर लगाउन सुरु गर्छौँ, घिमिरेले भने ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । मिजारका अनुसार भक्तपुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।

Tags : बुस्टर डोज

प्रतिक्रिया