Pura Samachar

मिर्चैयामा लकडाउन

प्रकाशित: August 6, 2020

मिर्चैयामा लकडाउन

सिरहा । महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको थप जोखिम हुन नदिन सिरहाको मिर्चैया नगरपालिकामा लकडाउन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि साउन ३२ गतेसम्मका लागि लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपतकालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ ।

प्रतिक्रिया