Pura Samachar

आजदेखि लागू हुनेगरी धार्मिक नित्य पूजा बाहेकका सम्पूर्ण कार्यक्रममा रोक

प्रकाशित: January 19, 2022
पूरा समाचार

आजदेखि लागू हुनेगरी धार्मिक नित्य पूजा बाहेकका सम्पूर्ण कार्यक्रममा रोक

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रममा रोक लगाएको छ ।

काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।

पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया