
दमक । झापाको कचनकवल–४, केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।
भारतीय नम्बरप्लेट बीआर३७सी ९००८ र बीआर३७इ १९९४ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
Agani Group
सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार सबैले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
sarbottam cement
त्यसैगरी, भद्रपुर–३, ज्ञानेचोकमा मे३प १५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया