
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित हुनुभएको छ ।
आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उहाँले आत्मालोचना गर्नुभएको छ । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभयो ।
आफू एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताउनुभएको छ । चिकित्सक परामर्शमा औषधि लिइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया