Pura Samachar

भोलि देखि देशभर हिउँदे वर्षाको सम्भावना

प्रकाशित: January 19, 2022
पूरा समाचार

भोलि देखि देशभर हिउँदे वर्षाको सम्भावना

काठमाडौं, माघ ५ । देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ।

‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने देखिन्छ र समग्रमा यो मध्यम खालको हुनेछ’, उनले भनिन्। महाशाखाले मंगलबार प्रकाशन गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्मको मात्र भविष्यवाणी गरेको छ।

प्रतिक्रिया