Pura Samachar

२४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

प्रकाशित: January 19, 2022
पूरा समाचार

२४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमणको संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३ हजार ४०९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

यो अवधिमा देशभर ६१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया