Pura Samachar

कोरोना परीक्षणको शुल्क पीसीआर ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम

प्रकाशित: January 19, 2022
पूरा समाचार

कोरोना परीक्षणको शुल्क पीसीआर  ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम

काठमाडौँ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (बुधबार) मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिए ।

यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया