Pura Samachar

उपत्यकाका तीनै जिल्लाले जिल्ला प्रशासन कार्यालयबाट दिइँदै आएको अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय

प्रकाशित: January 20, 2022
पूरा समाचार

उपत्यकाका तीनै जिल्लाले जिल्ला प्रशासन कार्यालयबाट दिइँदै आएको  अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनै जिल्लाले जिल्ला प्रशासन कार्यालयबाट दिइँदै आएको अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय गरेका छन् ।

कोभिड महामारीलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य बाँकी सबै सेवा बन्द गरिएको विज्ञप्ति जारी गर्दै तीनै जिल्लाले जानकारी गराएका छन् ।

नारिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानी प्रदान गर्ने फाँट तर्फका कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भई उपचारको क्रममा रहेकाले अर्को सूचना जारी नभएसम्म यी फाँटबाट हुने सबै सेवा स्थगित गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नुपरेकाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको जानकारी विज्ञप्तिमार्फत गराइएको छ ।

प्रतिक्रिया