Pura Samachar

सामातोर सबडिभिजनलाई जिल्लाको दर्जा

प्रकाशित: January 20, 2022
पूरा समाचार

सामातोर सबडिभिजनलाई जिल्लाको दर्जा

डा. हरिमोहन पोखरेल
कोहिमा / नागालैंड राज्यको पंद्रहौं जिल्लाको रूपमा सामातोर सबडिभिजनलाई पनि दर्जा दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार हिजो बसेको केबिनेटले सामातोर सबडिभिजनलाई पनि पूर्ण जिल्लाको दर्जा दिदै जम्मा पंद्रहवटा जिल्ला भएको छ ।
राज्यको केबिनेट मिटिङ पछाडि राज्यका सचिव अभिजीत सिंहले प्रेसलाई बताए कि सामातोरका बासिन्दाहरूले धेरै लामो समय देखि माॅग गरेको आज पूरा भएको छ ।यस जिल्लाको सम्पूर्ण विकास र उन्नतिको पथमा ल्याउने काम हाम्रो रहेको छ ।
उनले अगाडि भने कि यति मात्रै नभएर हामीले युमचुङ र टीखेर जातिहरूलाई पनि एउटा अलग्गै जातिको रूपमा दर्जा दिएका छौ ।आउने भविष्यमा उनीहरूको जीवन सार्थक हुने छ ।
स्मरण रहोस् नागालैंडमा आज सम्म पंद्रहवटा जिल्लाहरू भएका छन् भने विकास र उन्नति कतिको होला भन्ने आउने भविष्य नै बताउला ।

प्रतिक्रिया