
एजेन्सी – एक गोलले पछि परेको अवस्थामा सक्सिच्युट मिडफिल्डरद्धय इस्को र इडेन हाजार्डले गोल गरेपछि रियल म्याड्रिडले इल्चेलाई पराजित गर्दै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । रियलको जितमा इस्को र हाजार्डले गोल गर्दा घरेलु टोलीका गोन्जालो भेर्डुले गरेको गोल सान्त्वना बन्यो ।
इल्चेविरुद्धको खेलको लागि प्रशिक्षक कार्लाे एन्सेलोटीले मुख्य फरवार्ड करिम बेन्जेमालाई विश्राम दिदा पहिलो रोजाईका केही खेलाडीलाई पनि विश्राम दिएको थियो । सोही कारण रियलले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । रियलले दोस्रो हाफमा क्यासमिरो र लुका मोड्रिचसँगै इस्कोलाई प्रवेश गराउँदा अतिरिक्त समयमा हाजार्डलाई मैद्यान प्रवेश गराउनु परेको थियो ।
इल्चो बिहीबार राति भएको खेलको निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०२औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा रियल समस्यामा परेको थियो । लगत्तै १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गरेपछि रियल खेलमा १–० ले पछि परेको थियो ।
१०८औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा लुका जोभिकको स्थानमा मैदा छिरेका इस्कोले ९१औं मिनेटमा मैदान छिरेका ड्यानी सेवालोसको पासमा गोल गर्न सफल भएका थिए । ११५औं मिनेटमा अर्काे सब्सिच्युट मिडफिल्डर हाजार्डले गोल गर्दै रियललाई २–१ ले अघि बढाए ।
९१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका हाजार्डले डेभिड अलाबाको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेरे मिल्ला दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इल्चेपनि १० खेलाडीमा समेटिन पुगेको थियो ।
प्रतिक्रिया