Pura Samachar

फरवरी महिनाबाट कोहिमामा प्रिपेड सेवा आरंभ हुने

प्रकाशित: January 21, 2022
पूरा समाचार

फरवरी महिनाबाट कोहिमामा प्रिपेड सेवा आरंभ हुने

डा. हरिमोहन पोखरेल

कोहिमा/नागालैंड राज्यको कोहिमा शहर पनि भारतको अन्य शहर सरह इलेक्ट्रिक प्रिपेड सेवा आगामी फरवरी महिनाबाट शुरू हुने समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका विद्युत विभागका एकजना अधिकारीअधिकारीले प्रेसलाई बताए कि आगामी महिनाबाट कोहिमा शहर पनि प्रिपेड सेवा शुरू हुने छ र सेवा चालू गराउनको लागि विभाग युद्ध स्तरमा कार्य गरिरहेको छ ।
उनले अगाडि भने कि सबै उपभोक्ताउपभोक्ताहरूले आफ्नो विद्युत किराया सबै नै यो महिनाको अंत सम्ममा विभागलाई तिराउनु पर्ने छ ।
उनले बताए कि कतिपय उपभोक्ताहरूको सोचे भन्दा माथि किराया रहेको र नतिराएको खण्डमा सरकारले कडा भन्दा कडा कार्यवाही गर्ने छ ।
उनले विश्वास दिलाए कि आगामी महिनाबाट प्रिपेड सेवाले अवश्य पनि राहत पाउने छन र उपभोक्ता हरू सचेत हुनेछन ।
स्मरण रहोस् पहिलो पल्ट प्रिपेड सेवा शुरू हुदै छ ।जसले अवश्य पनि उपभोक्ताले केही त राहत पाउने छन ।

प्रतिक्रिया