Pura Samachar

पारासिटामोलको अभाव हुन नदिने : औषधि व्यवस्था विभाग

प्रकाशित: January 22, 2022
पूरा समाचार

पारासिटामोलको अभाव हुन नदिने : औषधि व्यवस्था विभाग

काठमाडौं । औषधि व्यवस्था विभागले पारासिटामोलको अभाव हुन नदिने दाबी गरेको छ ।

पछिल्लो समय पारासिटामोलका अभाव भन्ने समाचार धमाधम आउन थालेपछि विभागले विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेको हो ।
विभागका अनुसार औषधि उत्पादनका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ रहेको, केही ल्याउने क्रममा रहेको र त्यसबाट ३ करोड चक्की उत्पादन गर्न सकिने छ ।

जसले गर्दा बजारमा पारासिटमोलको अभाव नहुने उल्लेख छ । विभागले सिटामोल उत्पादन गर्न पर्याप्त मात्रामा कच्चा पदार्थ रहेको र त्यसबाट ३ करोड बढी चक्की उत्पादन गर्न सकिने दाबी गरेको छ ।

विभागले शुक्रबार उत्पादक तथा बिक्रेताकहाँ अनुगमन गरेको गरेको छ । अनुुगमनका क्रममा प्राप्त विवरणले यस्तो देखाएको हो ।

प्रतिक्रिया