Pura Samachar

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि ,४ जनाले ज्यान गुमाए

प्रकाशित: January 23, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि ,४ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हाे।

यसअघि शनिवार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया