Pura Samachar

काठमाडौं लगायत ललितपुर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द

प्रकाशित: January 24, 2022
पूरा समाचार

काठमाडौं लगायत ललितपुर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द

काठमाडाैं । काठमाडौं लगायत ललितपुर महानगरपालिकाले कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन्

प्रतिक्रिया