Pura Samachar

सुनको मूल्य आज स्थिर

प्रकाशित: January 24, 2022
पूरा समाचार

सुनको मूल्य आज स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । आइतबार सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । हिजो चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया