Pura Samachar

कोहिमा सहर पनि ठंडाको चपेटामा

प्रकाशित: January 24, 2022
पूरा समाचार

कोहिमा सहर पनि ठंडाको चपेटामा

डा. हरिमोहन पोखरेल
कोहिमा/नागालैंड राज्यको कोहिमा सहर पनि ज्यादै ठंडा भएको समाचार प्राप्त भएको छ ।
इण्डियन मेट्रोलोजिकल डिपार्टमेंट कोहिमा शाखाबाट प्राप्त समाचार अनुसार पश्चिमी चक्रवाती तूफानको कारणले गर्दा नै यस्तो चीसो भई रहेको छ ।
विभागले अगाडि जनायो कि अहिले सम्म कोहिमाको विभिन्न ठाउँमा सात डिग्री भन्दा तल तापमानमा गिरावट आउने र यो आगामी अडचालिस घण्टा सम्म यस्तै क्रममा रहने कुरा जनाएको छ ।
विभागले अनुसार कोहिमा विभिन्न स्थानमा हिमपात पनि हुने र बाक्लो हुस्से लागेर फसलहरू समेत बर्बाद गर्न सक्ने कुरा पनि बताएका छन् ।
अर्कातिर भने यो संवाददाताले कोहिमामा विभिन्न ठाउँबाट पाएको समाचार अनुसार बढ्दो ठंडाको प्रकोपले व्यवसायी प्रतिष्ठानहरू बंद रहेको र बजार व्यवसाय पनि कम्ती मात्रामा रहेको समाचार पाएको छ ।
स्मरण रहोस् पहिलो पल्ट कोहिमामा यस्तो चीसो भएको छ ।आगामी भविष्यमा कति दिन यस्तो हुने हो ।त्यो त आउने भविष्य नै बताउला

प्रतिक्रिया