
काठमाडौं । विदेशमा स्वास्थ्योपचार गरी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कनुभएको छ ।
चीनबाट नेपाल फर्कनुभएका पुनलाई सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
हिमालयन एयरलाइन्सको कार्गो विमानमा स्वदेश फर्किनुभएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । पुनसँगै उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि फर्किनुभएको छ ।
बैंकक र चीनमा करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता हुनुभएको हो ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किनुभएको हो ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।
प्रतिक्रिया