Pura Samachar

महामहिम राज्यपाल दिए शुभकामना संदेश

प्रकाशित: January 25, 2022
पूरा समाचार

महामहिम राज्यपाल दिए शुभकामना संदेश

डा. हरिमोहन पोखरेल

कोहिमा /गणतंत्र दिवसको पूर्वसन्ध्यामा असम एवं नागालैंडका राज्यपाल प्रो. जगदीश मुखीले शुभकामना संदेश दिएको समाचार प्राप्त भएको छ ।
प्रोफेसर मुखीले आफ्नो सन्देशमा भने कि नागालैंड राज्यको सर्वाङ्गीण उन्नति र विकासको लागि संविधान निर्माताको अनुशरण गर्दै निम्न स्तर देखि सोच्नुपर्ने बेला आएको छ ।
उनले अगाडि भने कि राज्यको विभिन्न तप्काबाट सुधार ल्याउदै सरकारले उचित पहलकदमी गर्नु पर्ने बेला भएको छ ।संकीर्ण सोचबाट माथि उठेर राज्यका सबै नै समुदायले कदम चाल्ने बेला पनि आएको छ ।
उनले अगाडि थपे कि आजादीको आज पचहतरों वर्षको अमृत महोत्सवको रूपमा पालन गरे तापनि हामीहरूले विशेष गरी युवा पीढ़िले भने राम्रो र उचित तथा सत्यको मार्गमा पहल गरिनुपर्ने बेला आएको छ ।
उनले भने कि नागालैंडमा शान्तिको आवश्यकता अझै पनि रहेको र उचित विकासको लागि यहाँबाट नै आरंभ गरिनुपर्ने र त्यस महान कार्यको लागि हामीहरू सबैले नै सक्दो प्रयास जारी राख्नुपर्ने कुरा पनि उनले बताए ।
स्मरण रहोस् प्रत्येक वर्ष गणतंत्र दिवस पुर्व सन्ध्यामा राज्यका महामहिम राज्यपालले आफ्नो राज्यलाई संबोधन गर्ने छन ।

प्रतिक्रिया