Pura Samachar

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना

प्रकाशित: January 26, 2022
पूरा समाचार

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना

काठमाडौं । बुधवार देशभर आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत संभावना रहेको बताइएको छ।

बुधवार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

प्रतिक्रिया