Pura Samachar

राष्ट्रिय सभा निर्वाचनः १७ सिटको मतपरिणाम आउँदा गठबन्धनका १६ उम्मेद्वार विजयी, एमालेको एक सिट

प्रकाशित: January 26, 2022
पूरा समाचार

राष्ट्रिय सभा निर्वाचनः १७ सिटको मतपरिणाम आउँदा गठबन्धनका १६ उम्मेद्वार विजयी, एमालेको एक सिट

राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । सरकारमा सामेल पाँच दलीय गठबन्धनका उम्मेद्वारहरु प्रमुख प्रतिपक्ष एमालेका उम्मेद्वारलाई पराजित गर्दै विजयी भएका हुन् । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् ।नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । तर गोला प्रथा गर्दा बस्नेत निर्वाचित भएका हुन् ।तर यहाँ एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई अल्पसंख्यक कोटाबाट पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । हालसम्मको परिणाम अनुसार शेर्पा नै एमालेका एक्ला विजेता हुन् ।

यस्तै प्रदेश १ को महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राईएमालेकी सावित्रा भण्डारीलाई पराजित गर्दै विजयी भएकी हुन् । मधेश प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । एमाले र लोसपाको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् ।यस्तै वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचनमानेकपा एकीकृत समाजवादीकीगोमादेवी तिमल्सिना र काँग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । उनीहरुले एमालेका निरुकुमारी कुँवर र गोपाल शाक्यलाई पराजित गरेका हुन् । यहाँ नेमकिपाबाट महिलातर्फगीता काफ्ले समेत उम्मेदवार बनेकी थिइन ।

यस्तै गण्डकी प्रदेशमा भएको निर्वाचनमा समेत गठबन्धनकै उम्मेद्वार निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यको तीन सीटका लागि भएको निर्वाचनमा महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका छन् । उनीहरुले एमालेका लीला पोखरेल थनेत, अर्जुनकुमार सुनाम र पुण्यप्रसाद पौडेललाई पराजित गरेका हुन् ।

लुम्बिनी प्रदेशको निर्वाचनमा समेत गठबन्धनकै उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट महिलातर्फ राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय खनाल र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।कर्णालीको राष्ट्रिय सभा सदस्य निर्वाचनमा समेत गठबन्धनकै उम्मेद्वार निर्वाचित भएका छन् ।तीन सिटका लागि भएको निर्वाचनमा कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् । उनीहरुले एमालेका गंगा थापा महत, पदमबहादुर माझी र चूडामणि शर्मालाई पराजित गरेका हुन् ।

यस्तै सुदुरपश्चिम प्रदेशका तीनै सिटमा गठबन्धनका उम्मेद्वार निर्वाचित छन् ।राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह विजयी भएका हुन् । उनीहरुले एमालेका डिल्लीराज भट्ट, नरेश विक र सन्तोषकुमार थापा शर्मालाई पराजित गरेका हुन् ।

१९ सिटका लागि भएको निर्वाचनका गठबन्धनका १६ र एमाले एकजना निर्वाचित भएका छन् भने मधेश प्रदेशमा दुई सिटको नजिता आउन बाँकी छ ।

प्रतिक्रिया