Pura Samachar

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार करोड

प्रकाशित: January 27, 2022
पूरा समाचार

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार करोड

दिल्ली- भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार करोड नाघेको जनाइएको छ।

बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ संक्रमित भएपछि कुल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

यसै अवधीमा कोरोना संक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना सुरु भएदेखि हालसम्म यस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ। भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या २२ लाख २३ हजार १८ रहेको छ। सिन्ह्वा

प्रतिक्रिया