Pura Samachar

राष्ट्रिय सभाको बैठक माघ १७ गते दिनको १ बजेका लागि आह्वान

प्रकाशित: January 27, 2022
पूरा समाचार

राष्ट्रिय सभाको बैठक माघ १७ गते दिनको १ बजेका लागि  आह्वान

काठमाडौँ । लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले आज (बिहीबार) राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

प्रतिक्रिया