Pura Samachar

राशिफल

प्रकाशित: January 28, 2022
पूरा समाचार

राशिफल

मेष (Aries)

विचारको अस्थिरताले तपाई उलझनपूर्ण परिस्थितिमा पर्नुहुनेछ। पेसा – व्यवसाय क्षेत्रमा स्पर्धायुक्त वातावरण रहेछ। प्रयत्न सफल साबित हुनेछ। नयाँ कार्य गर्नको लागि प्रेरित हुनुहुनेछ। बौद्धिक तथा लेखन कार्यको लागि राम्रो दिन रहेको छ। महत्त्वपूर्ण निर्णय नलिनुहोला।

वृष  (Taurus)

हातमा आएको अवसर गुमाउनुहुनेछ । व्यवहारको कारण संघर्षमा उत्रिनुहुनेछ। लेखक, कारागार, कलाकारले प्रदर्शन गर्न अवसर पाउनेछन्। कार्य सम्पन्न गर्नुहुनेछ। नयाँ कार्यको सुरुवातको लागि दिन शुभ रहनेछ।

मिथुन (Gemini)

दिन लाभदायक साबित हुनेछ । बिहानबाट  ताजगी र प्रसन्नताको अनुभव हुनेछ। मित्र तथा आफन्तसँग मिलेर उत्तम भोजनको आनन्द लिनुहुनेछ। आर्थिक लाभ मिल्नुको साथसाथै उपहार प्राप्त हुनाले अधिक खुशी रहनुहुनेछ। दाम्पत्य  में संवादिता बनी रहेगी।

कर्कट (Cancer)

शरीर र मनमा  बेचैनी तथा अस्वस्थताको अनुभव हुनेछ। विशेष रूपले परिवारसँग मनमुटावको प्रसंग बन्नेछ। आमाको स्वास्थ्य चिन्ताको कारण बन्नेछ। धन खर्च बढ्नेछ।  गलत धारणा वा वाद-विवादबाट टाढा रहनुहोला।

विविध लाभ मिल्नेछ ।  समयमा मनको ढ़िलापनले तपाईलाई लाभबाट वन्चित गर्न सक्ला यस कुराको ध्यान राख्नुहोला। मित्र- मण्डल एवम स्त्री वर्ग र वृद्दबाट लाभ हुनेछ। पेसा व्यवसायमा पदोन्नति र आय वृद्धिको योग रहेको छ। दाम्पत्यजीवनमा  जीवनसाथीसँग अधिक निकटता अनुभव गर्नुहुनेछ।

कन्या

नयाँ कार्य सुरु गर्नको लागि निर्मित योजनाको उपयोगको लागी उत्तम समय रहेको छ। व्यापारमा  लाभ हुनेछ । व्यापारीले पदोन्नतिको योग रहेको छ। पिताको तर्फबाट लाभ हुनेछ। परिवारमा आनन्द -उत्स्साहको वातावरण रहनेछ। गृहस्थजीवनमा मेलमिलाप रहनेछ। सरकारी कामकाज पूरा हुनेछ र स्वस्थतामा दिन व्यतीत गर्नुहुनेछ ।

तुला

लामो दूरीको यात्रा वा  धार्मिक स्थानको भेट हुनेछ। विदेश यात्राको लागि अनुकुलता रहनेछ। सन्तान र स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ।  उच्च पदाधिकारी तथा सहकर्मीको सहयोग मिल्नेछ।

वृश्चिक

सावधानीपूर्वक दिन बिताउनुहोला । नयाँ  कार्य सुरु नगर्नुहोला। क्रोधावेश र अनैतिक आचरणले तपाईलाई  कठिनाईमा पार्नेछ। समयमा भोजन मिल्नेछ। राजकीय अपराधी प्रवृत्तिबाट टाढा र नयाँ सम्बन्ध विकास गर्नुहुनेछ। दुर्घटनाबाट बच्नुहोला।

धनु

बौद्धिक, तार्किक, विचार-विनिमय र लेखन कार्यको लागि शुभ दिन रहेको छ। मनोरंजन, प्रवास, मित्रसँग भेट र सुन्दर भोजन र वस्त्र परिधान, विपरीत लिंगीय पात्रसँग निकटता रहनेछ।  जीवनसाथीसँग सम्बन्ध घनिष्ठ रहनेछ।  सार्वजनिक मान-सम्मान  वृद्धि हुनेछ।

मकर

व्यवहार-धन्दामा  विकास हुनेछ । आर्थिक रूपले  लाभदायक दिन हुनाले पैसाको लेन-देनमा सरलता रहनेछ। परिवारमा सुख-शान्तिको माहोल हुनेछ।  प्रतिस्पर्धिलाई पराजित गर्नुहुनेछ।

कुम्भ (Aquarius)

सन्तान र आफ्नो स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनुहुनेछ। अपच, पेट-दुखाईले चिन्तित रहनुहुनेछ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। यात्रा प्रवासमा कठिनाइ आउनेछ।

मीन (Pisces)

शारीरिक- मानसिक भय रहनेछ। कुटुम्बसँग वाद-विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुनेछ । तपाईको उत्साहमा  कमी आउनेछ।  धन र कीर्तिको हानी हुनेछ। स्त्री वर्ग तथा पानीबाट टाढा रहनुहोला।

प्रतिक्रिया