Pura Samachar

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने

प्रकाशित: January 28, 2022
पूरा समाचार

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने

काठमाडौं । शुक्रवार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुने पनि संभावना रहेको महाशाखाले जनाएको छ।

शुक्रवार राती सामान्यतया माैसम सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।

प्रतिक्रिया