Pura Samachar

क्यानले २०२२ को केद्रीय सम्झौतामा अनुबन्ध भएका खेलाडीको नाम सार्वजनिक

प्रकाशित: January 28, 2022
पूरा समाचार

क्यानले २०२२ को केद्रीय सम्झौतामा अनुबन्ध भएका खेलाडीको नाम सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को केद्रीय सम्झौतामा अनुबन्ध भएका खेलाडीको नाम सार्वजनिक गरेको छ । आज बसेको क्यान बैठकले विभिन्न तीन ग्रेडमा खेलाडीलाई समावेश गरेको हो । क्यान बैठकले पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीलाई राखेको छ ।

त्यस्तै, ग्रेड ‘बी’मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारीलाई समावेश गरिएको छ । ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्राम सोब, साहब आलम, सुशान भारी र पवन सराफलाई राखिएको छ ।

पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका छन् । त्यस्तै, महिलातर्फको ग्रेड ‘ए’ मा कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ र करुणा भण्डारीलाई अनुबन्ध गर्ने क्यान बैठकले निर्णय गरेको छ ।

त्यस्तै, ग्रेड ‘बी’ सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सनम राई र ज्योति पाण्डेलाई समावेश गरिएको छ । ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावललाई राखिएको छ । महिलातर्फ ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक १५ ‘बी’ ले १२ हजार र ‘सी’ ग्रेडका खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

प्रतिक्रिया