Pura Samachar

इरान विश्वकपमा छनाेट

प्रकाशित: January 28, 2022
पूरा समाचार

इरान विश्वकपमा छनाेट

काठमाडौं । इरानले कतारमा यसै वर्ष हुने फिफा फुटबल विश्वकपका लागि स्थान पक्का गरेको छ ।

चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।

इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।

इरानको जितमा मेधी तारेमीको एकमात्र गोल पर्याप्त रह्यो ।

तारेमीले ४८ औं मिनेटमा इरानका लागि निर्णायक गोल गरे ।

इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया