Pura Samachar

३७ सदस्यीय नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन

प्रकाशित: January 28, 2022
पूरा समाचार

३७ सदस्यीय नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ‍३७ सदस्यीय समिति गठन गरेको हो।

४६ सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुपर्ने भएपनि पहिलो चरणमा ३७ सदस्य मात्र चुनिएका हुन्। कांग्रेसका सबै पदाधिकारी समावेश हुने गरी कार्यसम्पादन समिति गठन गर्ने विधानमा व्यवस्था छ।

कांग्रेसमा हाल १३ जना पदाधिकारी छन्। कोषाध्यक्ष र प्रवक्ताको टुंगो लागेको छैन। प्रवक्तालाई पनि पदाधिकारीकै हैसियत दिइएको छ। यसरी कांग्रेसमा १५ जना पदाधिकारी पुग्नेछन्।

केन्द्रीय समितिको आकार ठूलो भएपछि निर्णय गर्न सहजताका लागि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कांग्रेसको वैधानिक व्यवस्था छ।

कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ। कोषाध्यक्ष नियुक्त भएपछि थप ६ जना कार्यसम्पादन समितिमामा सभापतिले मनोनीत गर्न सक्छन्।

कार्यसम्पादन समितिमा सभापति देउवासहित २ उपसभापति २ महामन्त्री ८ सहमहामन्त्री पदाधिकारीका रूपमा कार्यसम्पादन समितिका सदस्य बनेका छन्।

यस्तै नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला कार्यसम्पादन समितिमा छानिएका छन्। यसैगरी बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिका सदस्य बनेका छन्।

प्रतिक्रिया