Pura Samachar

सत्ता गठबन्धनले आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने

प्रकाशित: January 29, 2022
पूरा समाचार

सत्ता गठबन्धनले आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको आज बिहान बसेको बैठक असफल भएको छ । बैठक आजै अपराह्न फेरि बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया