
देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।
प्रतिक्रिया