
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ९ हजार ९१० जनामा आरटी–पीसीआर गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी आज ३,५४० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमित निको भएका छन् ।
अघिल्लो दिन देशभर ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु तथा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका थिए ।
प्रतिक्रिया