Pura Samachar

२४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ७७८ को मृत्यु

प्रकाशित: January 31, 2022
पूरा समाचार

२४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ७७८ को मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या बढिरहेकाे पाइएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ७७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ७७८ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर २१ लाख ७ हजार ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३७ करोड ५० लाख ५५ हजार ८८९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २९ करोड ६२ लाख ५८ हजार ६७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख ८१ हजार १९७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ७३५ को ज्यान गएको छ । ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ५० हजार ४४१ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख ५४ हजार ७०७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया