Pura Samachar

पाँच खेलको सिरिज वेस्ट इन्डिजले ३-२ ले जितयो

प्रकाशित: January 31, 2022
पूरा समाचार

पाँच खेलको सिरिज वेस्ट इन्डिजले ३-२ ले जितयो

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डलाई हराएको छ ।

ब्रिजटाउनमा आइतबार राति वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १७ रनले हराएको हो।

यस जितसँगै पाँच खेलको सिरिज वेस्ट इन्डिजले ३-२ ले जितेको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्ड १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६२ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि जेम्स भिन्सले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै साम बिलिङ्सले ४१ रन बनाए ।

इंग्ल्यान्डको इनिङ्स ध्वस्त बनाउन जासन होल्डरले ४ बलमा ४ विकेट लिदै कीर्तिमानी प्रदर्शन गरे ।

कुल ५ विकेट लिएका जासनले १९ औं ओभरको दोस्रो देखि पाँचौ बलमा लगातार विकेट लिए ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा वेस्ट इन्डिजका लागि ४ बलमा ४ विकेट लिने उनी पहिलो खेलाडी बने । ४ बलमा ४ विकेट लिने उनी चौंथो खेलाडी हुन् ।

यस्तै अकिल होसेनको नाम ४ विकेट रह्यो ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित ४१ रन जोडे ।

रोभम्यान पावेलले अविजित ३५ रन जोडे ।

यस्तै ब्राण्डन किङले ३४ तथा केली मेयर्सले ३१ रन बनाए ।

इंग्ल्यान्डका आदील राशिद र लियाम लिभिङस्टोनले २/२ विकेट लिए ।

प्रतिक्रिया