Pura Samachar

एमसीसी पारित गर्न सरकारलाई दबाब, सरकारका प्रवक्ता कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित: January 31, 2022
पूरा समाचार

एमसीसी पारित गर्न सरकारलाई दबाब, सरकारका प्रवक्ता कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना ९एमसीसी० संसदबाट पारित गर्ने÷नगर्ने विषयमा रस्साकस्सी जारी रहेको बेला सरकारका प्रवक्ता मन्त्री कार्की ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले संसद्को यही चालु अधिवेशनबाट एमसीसी पारित गर्ने सोच बनाउँनुभएको छ । यसअघि पनि प्रधानमन्त्रीको एमसीसी पारित गर्न सहयोग गर्न आग्रह सहित कार्कीले ओलीसँग भेट गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले सरकारका प्रवक्ता कार्कीसँगको भेटमा सरकारले एमसीसीलाई संसद्मा ल्याएको अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको सन्देश दिनुभएको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवा गठबन्धन दलबाट सहयोग नभएको अवस्थामा पनि एमसीसीलाई संसद्मा पेश गर्नुपर्ने दबाबमा प्रधानमन्त्री देउवा रहनुभएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसीलाई आफू संसद्मा अघि बढाउने मनस्थितिमा रहेको जानकारी शनिबार बसेको गठबन्धनको बैठकमा पनि गराउनुभएको थियो । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अघि बढाउने मनस्थितिमा रहनुभएको निकट स्रोतको भनाइ छ । तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु भने यथास्थितिमा अघि बढाउन नहुने पक्षमा रहेका छन् ।

एमसीसी मूख्यालयले यसअघि १ फेब्रुअरीसम्म पारित गर्ने समय नेपाललाई दिए पनि सरकारको आग्रहमा फेब्रुअरीको अन्त्यसम्म समयावधि थपेको छ।

प्रतिक्रिया