
काठमाडौं । सुनको मूल्य सोमवार तोलामा ४०० रुपैयाँले घटेको छ ।
केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य सोमबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला ए
प्रतिक्रिया