Pura Samachar

भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाए

प्रकाशित: January 31, 2022
पूरा समाचार

भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाए

काठमाडौं, १७ माघ-भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् ।

उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत रहँदा दुवै डोज लगाउने ७० प्रतिशत रहेका छन् । जनवरी २०२१ बाट भारतमा खोप अभियान सुरु भएको थियो । यो एक वर्षमा पहिलो मात्रा लगाउने ९० प्रतिशत र दुवै डोज लगाउने ७० प्रतिशत रहेको राष्ट्रपति कोविन्दले बताए ।

उनका अनुसार भारतमा आठवटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । भारतमा बनेका तीनवटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया