Pura Samachar

सरकारले ६८ जना उपसचिवको सरुवा

प्रकाशित: February 1, 2022
पूरा समाचार

सरकारले ६८ जना उपसचिवको सरुवा

काठमाडौँ । सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ६८ उपसचिवको सरुवा गरेको हो । सोमवार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको सिंहदरबार उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमा कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् ।

प्रतिक्रिया