काठमाडौं । चितवन गुन्जनगरमा स्थायी घर भइ हाल अमेरिकाको भर्जिनियामा बस्दै आएका सर्जक नीलकण्ठ सुवेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ तीजको गीत सार्वजनिक भएको छ ।
हिन्दु नेपाली नारीहरूको पर्वमा तीज कोभिड-१९ को माहामारीबाट सुरक्षित रहँदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको यो गीतले सन्देश दिएको गीतकार सर्जक नीलकण्ठ सुवेदीले जानकारी दिएका छन् ।
अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदीबहिनी लिन जानेलगायतका विषय थिए । अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । राम कार्कीको संगीत रहेको सो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् ।
गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय छ ।
प्रतिक्रिया