Pura Samachar

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार २६७ जना संक्रमणमुक्त ,९ जनाको मृत्यु

प्रकाशित: February 1, 2022
पूरा समाचार

नेपालमा पछिल्लो २४ घण्टामा  थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार २६७ जना संक्रमणमुक्त ,९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार विगत २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण गरिएकाेमा ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै रहेकाे मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन्। सोही अवधिमा ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया