Pura Samachar

भारतमा पछिल्लाे २४ घण्टामा १ लाख ६७ हाजार ४९९ मा मात्र संक्रमण,११९२ काे मृत्यु

प्रकाशित: February 1, 2022
पूरा समाचार

भारतमा पछिल्लाे २४ घण्टामा १ लाख ६७ हाजार ४९९ मा मात्र संक्रमण,११९२ काे मृत्यु

भारतमा दैनिक कोरोना संक्रमणमा कमी आउँदा मृत्यु दरमा वृद्धि, एकैदिन ११९२ काे मृत्यु

एजेन्सी । भारतमा दैनिक काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ ।

अघिल्ला दिनहरूमा २ लाखभन्दा बढीमा दैनि संक्रमण हुने गरेकाेमा पछिल्लाे २४ घण्टामा १ लाख ६७ हाजार ४९९ मा मात्र संक्रमण पुष्टि भएकाे त्यहाँकाे केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलवार जनाएको छ ।

पछिल्लो एक दिनमा भारतमा एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ ।

मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

प्रतिक्रिया