Pura Samachar

फिफा विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

प्रकाशित: February 2, 2022
पूरा समाचार

फिफा विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेले ४-० गोल अन्तरले हराएको हो ।

ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे ।

राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा कोउटिन्होले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

८६ औं मिनेटमा एन्टोनीले गोल गरेपछि ब्राजिलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गर्दा ब्राजिल ४-० ले विजयी भयो ।

यस जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ ।

ब्राजिल छनोटको शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलले विश्वकपमा यस अघि नै स्थान पक्का गरिसकेको छ ।

पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया