
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियन छनोटको तेस्रो राउन्डको खेलमा जापानले शीर्षस्थानमा रहेको साउदी अरेबियालाई पराजित गरेको छ । जापानले घरेलु मैदानमा साउदी अरेबियामाथि २–० को जित निकालेको हो ।
साइतामा स्टेडियम जापामा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा ताकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । जापानले पहिलो र दोस्रो हाफमा समाम एक गोल गर्न सफल भएको थियो ।
खेलको ३२औं मिनेटमा ताकुमी मिनामिनोको गोलबाट जापानले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै जापानले अर्काे गोल थप्दै अग्रता दोब्बर बनायो । ५०औं मिनेटमा जुन्या इटोले गोल गर्न सफल भएका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा जापान विजयी हुन सफल भयो । घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा छनोटमा पहिलो हार बेहोर्न पुग्यो । यसअघि साउदी ६ जित र १ बराबरीको नतिजा निकालेको थियो ।
यो जितपछि जापान समूह ‘बी’ मा ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित साउदी अरेविया समान ८ खेलबाटै १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
जापानसँगको हारसँगै साउदीलाई विश्वकपमा छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ । साउदीमाथिको जितसँगै जापानले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।
प्रतिक्रिया