
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यमा आगामी फरवरी महिनाको पंद्रहबाट सबै स्कूलहरू खोलिने समाचार प्राप्त भएको छ ।
राज्यको शिक्षा विभागबाट जारी एउटा विज्ञप्तिले जनाएको छ कि आगामी पंद्रह तारिखबाट कक्षा एक देखि लिएर आठ सम्मका सबै स्कूलहरूमा कक्षा चालू गरिनुपर्ने र कोविदको प्रोटोकल फोलो गरिनुपर्ने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि एउटा कक्षामा पढ्ने विद्यार्थीहरू पचास प्रतिशत हुनुपर्ने छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि सबै शिक्षक र शिक्षिकाहरूले भने अनिवार्य रुपमा कोविदको दोस्रो र अंतिम खोप लगाएको हुनुपर्ने छ अनि अतिरिक्त दिन मिलाएर कक्षाहरू चालू हुनुपर्ने छ ।
विज्ञप्तिले अझै अगाडि जनाएको छ कि कुनै पनि विद्यार्थी र शिक्षक भने बिरामी भएको खण्डमा उसलाई कक्षामा उपस्थित नगराउने र बिरामी संचो भएको पश्चात नै आउन दिनुपर्ने छ ।
हेर्दै जाऔ सरकारको यो पहलकदमीले अवश्य पनि शैक्षिक क्षेत्रमा सुधार होला ।तब सम्मको लागि त पर्खिनुपर्ने भयो ।
प्रतिक्रिया