Pura Samachar

बलेफी हाइड्रोको आईपीओ २७ गतेदेखि खुला हुने

प्रकाशित: February 3, 2022
पूरा समाचार

बलेफी हाइड्रोको आईपीओ २७ गतेदेखि खुला हुने

२० माघ, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आगामी २७ माघदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का स्थानीयका लागि आईपीओ जारी गर्ने भएको हो ।

१८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्नेछ । निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया