
काठमाडौंं:आईसीसी यू–१९ एक दिवसीय विश्वकपमा भारत अष्ट्रेलियालाई ११० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हो ।अब उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने भएका छन् ।इंग्ल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको थियो भने भारत विहीबार विहान सकिएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हो।
भारतका लागि कप्तान यस धुलले ११० रनको शतकीय पारि खेले । यस्तै उप कप्तान शेख रशिद ९४ रनमा आउट भएका थिए । २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको टिम ४१.५ ओभरमा १९४ रन बनाएर रोकिको थियो । अष्ट्रेलियाका लाचलन शा ले ५१ रनको पारि खेले । फाइनल खेल फेब्रुअरी ५ तारिखमा हुने छ ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३७ रन बनाउँदा दुबै ओपनर्स अंगकृष रघुवंशी र हरनूर सिंह आउट भएका थिए । त्यसपछि रशीद र यशले तेस्रो विकेटका लागि २०४ रनको साझेदारी भएपछि भारत राम्रो स्कोरमा अघि बढेको थियो ।
यस्तै २०४ रनको साझेदारी टुटेपछि क्रिजमा आएका दिनेश बानाले तुफानी पारि खेलेका थिए । उनले ४ बलमा २० रनको पारि खेले ।अन्तिम १० ओभरमा भारतले १०८ रन बनाएको थियो ।
ज्वाफमा अष्ट्रेलियाको शुरुआत पनि खराब नै रह्यो । ३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि केपवल केलावे र कोरि मिलरले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए ।
केप वेल ३० रन बनाएर आउट हुँदा लाचलन शाले ५१ रन जोडेका थिए । ज्याक सिनफिल्डले २० तथा टम व्हानटनीले १९ रन बनाएका थिए । भारतका लागि विक्की ओस्तवालले ३ विकेट लिएका थिए । भारतले सन् २०००, २००८, २०१२ र २०१८ मा विश्वकप जितेको थियो ।
प्रतिक्रिया