
काठमाडौं । नेपालमा थप ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया